चुनावमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाण्डौं, १८ वैशाख । सत्ता गठबन्धनले तालमेल नभएका पालिकामा पनि मिलेर चुनाव लड्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका ठाउँहरुमा समझदारी अनुसार काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै चुनावमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

प्रतिक्रिया