यस्तो छ आइतबारसम्मको मौसम
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ वैशाख । भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राती प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ ।

गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दोक्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया