नेपालगञ्ज बनाउन मेयरमा उम्मेदवारी दिएको हुँ : इन्जिनियर दिनेश थापामगर
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ बैशाख । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तिव्र बनाएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दल मात्र होइन, विभिन्न पेसाकर्मीले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । यिनैमध्येका एक हुन्, दिनेश थापामगर ।

पेसाले उनी इन्जिनियर तथा व्यवसायी हुन् । तर, यतिखेर उनी नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

‘इन्जिनियरले मात्रै देशको विकास गर्न सक्छ’ भन्दै मेयरमा उम्मेदवारी दिएका उनी यतिखेर चुनावी प्रचारमा व्यस्त छन् । ‘परिवर्तनका लागि युवालाई जिताऔँ’ भन्ने नाराका साथ मैदानमा उत्रिएका उनले नेपालगञ्जवासीलाई एक पटक आफूलाई भोट दिन विनम्र आग्रह गरेका छन् । आफूले जिते नेपालगञ्जबासी चाहेजस्तो विकास गर्ने उनी बताउँछन् । ‘म सँग यस्ता योजना छन्, जो इन्जिनियरिङका रुपमा हेरेको छु’ उनी भन्छन्, ‘नेपालगञ्जलाई स्वच्छ र सुन्दर बनाउन म सँगै मोडालिटी छ ।’

नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङगमा स्नातक गरेका दिनेश थापामगरके पश्चिम नेपालमा राम्रो पहिचान तथा पहुँंच रहेको पाइन्छ । विगत एक दशकदेखि उनले आफनै गाउँंठाउँंमा बसेर आफनो पेशा अगाडि बढाउँदै आएका छन् । यस पटक भने मेयरमा उम्मेदवारी दिएर जनताको सेवा गर्ने साहस गरेका हुन् । उनी भन्छन्, ‘देश र जनताको सेवा गर्ने मेरो लक्ष्य हो ।’ सेवा गर्नका लागि नै राजनीतिकमा पाइला राखेको उनको भनाइ छ ।

प्रतिक्रिया