वैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा
प्रकाशित:
२०७९, १६ बैशाख
काठमाडौं, १६ वैशाख । बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
निर्वाचन आयोगले आउने ३० गते शुक्रवार देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेपछि लगातार चार दिन बिदा हुने भएको हो ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारको निर्णय अनुसार जेठ १ गते आइतवार पनि सार्वजनिक पनि बिदा नै पर्ने छ । २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।
यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।
प्रतिक्रिया