समीक्षा अधिकारीको भावुक स्टाटस: ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु’
अखबार टुडे
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाडौं, १५ वैशाख । गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा भावुक कवितात्मक स्टाटस पोस्ट गरेकी छन् ।

बिहीबार बिहान पोस्ट भएको स्टाटसमा गायिका अधिकारीले प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गरेकी छन् ।

उनले एक तस्बिरका साथ फेसबुकमा एक पोष्ट गरेकी छन्, ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु । तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु,’ उनले थप लेखेकी छन्, ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म । त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु ।’

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । उनले यो पोष्टको बारेमा केहि खुलाएकी छैनन् ।

प्रतिक्रिया