सुनको मूल्य प्रतितोला १ हजारले घट्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाडौं, १५ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजारले ओरालो लागेर ९८ हजार तोकिएको छ ।

यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३२० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया