हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय, मन्त्रिपरिषदका अन्य निर्णय यस्ता छन् !
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख

काठमाडौं, १४ वैशाख । सरकारले यही जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ । अरू दिन कार्यालयहरू बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया