पार्टीभित्र टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो: शेखर कोइराला
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीभित्र टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको बताएका छन् ।

पार्टीभित्र टिकट वितरणमा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको भन्दै उनले कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको बताएका हुन् ।

‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्’, आज प्रेस विज्ञप्ति जार्दै कोइरालाले भनेका छन् ।

‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्,’ डा.कोइरालाको विज्ञप्तिमा उल्लेख छ, ‘कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् ।’

प्रतिक्रिया