रुसद्वारा मारिउपोलमा युद्धविरामको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, १३ बैशाख

काठमाडौं, १३ वैशाख (एजेन्सी) । रुसले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा युद्धविरामको घोषणा गरेको छ । रुसले मारिउपोल शहरको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको हो ।

सो क्षेत्रमा फसेका सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान सहयोग गर्न युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । एकतर्फी रूपमा युद्धविराम गरेको रुसी सेनाले सर्वसाधारणलाई बाहिर निकाल्ने मार्ग सुनिश्चित गर्ने बताइएको छ ।

यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार प्रत्येक ३० मिनेटमा ‘रेडियो च्यानलहरू मार्फत’ अजोभस्टल भित्रका व्यक्तिहरूलाई पठाइने त्यहाँ फसेका सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान सहयोग गरिने छ

यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता रूसी सेनालाई स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा सो क्षेत्र घेरेर बस्न आदेश दिएका थिए ।

यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।

रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी प्रान्त ल्भिभ र रिभ्नेमा पनि गोली चलेको खबर आएको छ । युक्रेनको वायुसेनाले खार्किभ क्षेत्रमा रुसी विमान खसालेको दाबी गरेको छ, यद्यपि पाइलट बाहिर निस्कन सफल भएका छन् ।

अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईए र अन्य विदेशी गुप्तचर निकायले रुसमा आतंकवादी हमलाको योजना बनाएको आरोप लगाएका छन् । पुटिनले अमेरिका र युरोपले अनौठो कूटनीति गरिरहेको र युक्रेनमा हतियार पठाइरहेको बताए ।

प्रतिक्रिया