एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार टुंग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १२ बैशाख

काठमाडौं, १२ वैशाख । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट आफूले पाएका महानगर र उपमहानगरको उम्मेद्वार टुंग्याएको छ ।

एकीकृत समाजवादीको आज विहान बसेको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवारी बनाएको छ ।

हेटौडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्वारी दिनेछन् ।

त्यस्तै बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उमेद्वारी दिनेछन् ।

आफनो पार्टीको तर्फबाट उमेद्वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्वारी दिने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया