खार्किभस्थित विशाल हतियार भण्डारण केन्द्र रुसको नियन्त्रणा (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख

काठमाडौं, १२ वैशाख (एजेन्सी) । रुसी सेनाले खार्किभ क्षेत्रमा रहेको युक्रेनी सेनाको एउटा विशाल हतियार भण्डारण केन्द्रलाई नियन्त्रणमा लिएको छ ।

युक्रेनको खार्किभस्थित सयौं हेक्टर भूमिमा फैलिएको उक्त हत्यार भण्डारण केन्द्र नियन्त्रणमा आएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तराएष्ट्रि सञ्चारमाध्यमले जनाएको हो ।

उक्त विशाल हत्यार भण्डारमा पश्चिमीले दिएका तथा युक्रेनका आफ्नै हजारौं टन गोला बारुद भण्डार गरिएको बताइएको छ । अहिले ती हतियार रुसी सेनाको नियन्त्रणमा रहेको मस्कोले जनाएको छ । तर, यसबारे युक्रेनले कुनै प्रतिक्रिया दिएको छैन ।

https://youtu.be/Cga6sjZTrdw
प्रतिक्रिया