काठमाडौं, ११ बैशाख । नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।
शनिबार बसेको पदाधिकारी बैठकले पोखरा महानगरको मेयरसहितका उम्मेदवार टुंगो लगाएको हो । पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ । अब उनी गठबन्धनको साझा उम्मेदवार हुनेछन् ।
पोखरा महानगरको मेयर एकीकृत समाजवादीको भागमा परेसँगै आचार्यको नाम लगभग निश्चित भएको थियो ।
यस्तै हेटौडा उपमहानगरको मेयरमा मिनाकुमारी लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
एकीकृत समाजवादी उपमेयरहरुको उम्मेदवार पनि टुंगो लगाएको छ । जसअनुसार काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरमा केशव बिष्ट, बुटवलमा चिनबहादुर गुरुङ, तुल्सीपुरमा जोखबहादुर राना उम्मेदवार हुनेछन् ।
शनिबार निर्णय भएपनि आधिकारिक जानकारी भने आइतबार विहान प्रेस विज्ञप्तिमार्फत दिने तयारी छ