माओवादीका क्रियाशील सदस्य महर्जनसहित टिम नै साझा पार्टीमा प्रवेश
प्रकाशित:
२०७९, ९ बैशाख
काठमाडौं, ९ बैशाख । नेकपा माओवादी केन्द्रका सक्रिय सदस्य साधुराम महर्जन विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् ।
पुर्वअखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय सचिव समेत रहेका महर्जनले माओवादी परित्याग गरि साझा पार्टीमा प्रवेश गरेका हुन् । महर्जनसँगै उनका टिम नै शुक्रबार साझा पार्टीले प्रवेश गराएको हो । उनलाई पार्टीका अध्यक्ष रविन्द्र मिश्रले स्वागत गरेका थिए ।
साझा पार्टीमा प्रवेश गरेपछि महर्जनले भने, ‘माओवादीको कार्यविधि ठिक नलागेकाले पार्टी परित्याग गरेको हुँ ।’ ललितपुरको हरिसिद्दि २९ वडा निवासी महर्जनले अबका दिनका साझा पार्टीका लागि जिउज्यान दिएर काम गर्ने बताए ।
प्रतिक्रिया