माओवादीका देवकोटा र पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश
प्रकाशित:
२०७९, ९ बैशाख
काठमाडौं, ९ वैशाख । संविधान सभाकी सदस्य लक्की शेर्पा फेरि नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् ।
शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् ।
मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो । यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि ओलीले एमाले प्रवेश गराएका छन् ।
प्रतिक्रिया