एमालेको घोषणापत्र: प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा, एक घर एक धारा (पूर्णपाठ)
प्रकाशित:
२०७९, ९ बैशाख
काठमाडौं, ९ वैशाख । नेकपा एमालेले स्थानीय चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयबाट जारी भएको घोषणापत्रमा आफ्नोसरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।
एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
घोषणा पत्रमा एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषयबस्तु समेटिएको छ ।
प्रतिक्रिया