दक्षिण अफ्रिकामा बाढीबाट ४३५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख

दक्षिण अफ्रिका, ९ बैशाख (एजेन्सी) । दक्षिण अफ्रिकाको क्वाजुलु–नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ ।

प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् । त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ ।

शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन् ।

विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो । ‘आज बिहानसम्म मृत्यु हुनेको अन्तिम संख्या ४३५ रहेको छ,’ सेलेले भने ।

उनले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु–नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जानकारी दिएका छन् ।

सेनाले चिकित्सक, नर्स, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र फार्मासिस्टसहित १० हजारलाई त्यस क्षेत्रमा खटाएको बताएका छन् ।

प्रतिक्रिया