सुटुक्कै विवाह गरेर फेसबुकमा फोटो शेयर !
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख

काठमाडौं, ९ बैशाख । अभिनेत्री केकी अधिकारीले बिहीबार विवाह गरेकी छन् । उनले तामझाम नगरी रोहित तिवारीसँग सुटुक्कै विवाह गरेकी हुन् । विवाहको तस्विरहरु भने केकी सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् ।

तीन वटा फोटो शेयर गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु । मेरा हरेक उतार चढावको साक्षी बन्नुभएका मेरा प्रिय दर्शकहरुसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ ।’

केही वर्षयताको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । केकी र रोहितको विवाह समारोहमा उनीहरुका पारिवारिक सदस्य र निकट साथीहरूमात्र निम्ताइएको थियो । उनीहरुले हिन्दू परम्पराअनुसार लगन गाँठो कसेका थिए ।

यस्तै, आज अर्की अभिनेत्रीले पनि सुटुक्कै विवाह गर्दैछिन् । अभिनेत्री वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाँधिदैछन् । केही साताअघि मात्र अमेरिकाबाट फर्किएकी उनले अमेरिकामै बस्दै आएका आफ्नो प्रेमीसँग विवाह गर्न लागेकी हुन् ।

प्रतिक्रिया