गणभित्रै गोली लागेर घाइते भएकी महिला सिपाहीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ८ बैशाख

रूपन्देही, ८ बैशाख । सेनाको गणभित्रै गोली लागि घाइते भएकी महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिएपनि हेलिकप्टर नआएपछि भैरहवामै उपचार गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया