मिस नेपालका लागि आवेदन खुला
अखबार टुडे
प्रकाशित:
२०७९, ७ बैशाख

काठमाडौं, ७ वैशाख । मिस नेपाल प्रेजेन्ट २०२२ को लागि आवेदन खुला भएको छ । ‘द हिडन ट्रेजर’ ले औपचारिक घोषणा गर्दै यही बैशाख ३१ सम्म आवेदन खुला रहने जानकारी दिएको हो ।

यसपटक प्रतियोगितामा भाग लिने सहभागिहरुका लागि मापदण्डमा केही परिवर्तन गरिएको ‘द हिडन ट्रेजर’ ले जनाएको छ । प्रतियोगितामा भाग लिनेको उचाइ ५ फिट ३ इन्च हुनुपर्ने छ । यस्तै, प्रतियोगीको उमेर १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ ।

यसपटक पेजेन्टमा सुप्रान्यासनल हटाइ मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटललाई निरन्तरता दिइएको छ । मिस नेपालमा भाग लिनको लागि ७ प्रदेश (वीरगंज, धरान, धनगढी, नेपालगंज, पोखरा, सुर्खेत र काठमाडौं) मा बैशाख ९ देखि २७ गतेसम्म अडिशनको मिति तोकेको छ ।

मिस नेपाल २०२२ को फाइनल असार ४ गते ललितपुरको गोदावरीस्थित झण्डै तीन हजार दर्शक क्षमताको सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । ‘द हिडन ट्रेजर’ का अनुसार मिस नेपालको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभिले गर्नेछ ।

प्रतियोगिहरुको लागि एक महिना लामो विभिन्न विधाका तालिमहरु नेपालका उत्कृष्ट प्रशिक्षकहरुद्वारा प्रदान गरिने द हिदन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए ।

ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्री र यस वर्षका मुख्य प्रायोजक डावर वाटिकाका हेड अफ माकेर्टिङ्ग अजय प्रसाद गोखार्लीले पनि यस कार्यक्रममा प्रकाश पारेका थिए र कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठले मिस वल्र्डमा भाग लिदाको अनुभव वताएका थिए ।

सो कार्यक्रममा द हिदन ट्रेजरका पूर्व अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, संचालक समितिका सदस्यहरु रुपेश प्रधान, गिरेन्द्र मान राजवंशी, प्रमोद रत्न कंसाकार, सुरेश बहादुर मल्ल र चिफ कोरियोग्राफरमा रचना गुरुङ्ग शर्मा उपस्थित रहेको थियो ।

यसै वर्ष मिस वल्र्ड अर्गनाईजेसन र मिस नेपालका आयोजक द हिदन ट्रेजरको सौहार्दपूर्ण र व्यावसायिक सम्वन्धको २५ औ वार्षिकोत्सव पनि हो ।

प्रतिक्रिया