दर्जनौं इथियोपियाली युवा रुसी दूतावासबाहिर किन लाइनमा छन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, ७ बैशाख

काठमाडौं, ७ वैशाख । दर्जनौं इथियोपियाली युवाहरू राजधानी अदिस अबाबामा रहेको रूसी दूतावासमा भेला हुने गरेको छ ।

युक्रेन युद्धमा लड्नका लागि सैनिक भर्ती भएको अफवाह पछि ठूलो संखयामा ती युवाहरु रुसी दूतावासमा भेला भएका हुन् ।

तर दूतावासका प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा रुसका लागि कुनै सेना भर्ती नभएको बताइन् । ‘रूसलाई समर्थन व्यक्त गर्न दूतावासमा धेरै युवाहरु आएका छन्,’ उनले बीबीसीलाई भनिन्, ‘तिनीहरू मध्ये केहीले हामीलाई जसरी पनि मद्दत गर्न इच्छुक छौँ भनी बताइरहेका छन् । तर हामी भर्ती एजेन्सी होइनौं’ ।

दूतावासमा धेरै इथियोपियालीहरूले आफ्नो व्यक्तिगत कागजात बोकेर उपस्थित भएका थिए । ती मध्ये एक युवाले आफुलाई रुस मनपर्ने बताउँदै आफू राम्रो तलबको खोजीमा भएकोले सिपाही वा अन्य जागिर पाउन सकिन्छ कि भनेर यहाँ आएको बीबीसीलाई बताए । अन्यले पनि रूसमा उच्च ज्यालाको अफवाह सुनेका बताएका थिए ।

इथियोपिया युक्रेनमा रूसी आक्रमणको प्रस्तावमा मतदान गर्न संयुक्त राष्ट्रको बैठक छुटेका देशहरू मध्ये एक हो । दक्षिण अफ्रिका लगायत १७ अफ्रिकी देशले मतदानबाट टाढा रहेका थिए ।

प्रतिक्रिया