भारत भ्रमणअघि विवादमा फसेका बेलायती प्रधानमन्त्रीको विपक्षीले किन माग्दै छन् राजीनामा ?
अखबार टुडे
प्रकाशित:
२०७९, ६ बैशाख

लण्डन, ६ वैशाख (एजेन्सी) । भारत भ्रमणअघि नै फेरि बेलायती प्रधानमन्त्री बोरिस जोनसन एकपटक विवादमा तानिएका छन् । अप्रिल २१ बाट सुरु हुने भारत आउनुअघि विपक्षीहरुले उनको राजीनामाको माग गर्न थालेका छन् ।

रिपोर्टका अनुसार प्रधानपन्त्री जोनसन पार्टीगेट काण्डको नयाँ पक्षसँग सम्बन्धित कुराले विपक्षीहरूबाट घेरिएका हुन् ।

कोरोना भाइरसको समयमा बेलायतमा संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँ लकडाउन लगाइएको थियो । सबैले नियम पालना गर्नु अनिवार्य थियो । त्यसबेला जोनसनले नियम तोडेर धेरै पार्टी गरेको आरोप लागेको छ ।

नयाँ मुद्धा नोभेम्बर २०२० मा १० डाउनिंग स्ट्रिटमा सञ्चार निर्देशक ली केनको प्रस्थानको लागि आयोजित पार्टीसँग सम्बन्धित छ । बोरिस जोनसनलाई यो पार्टी उनकै इशारामा गरिएको भन्ने आरोप छ ।
मिडिया रिपोर्टका अनुसार प्रहरीले हाल यस्ता १२ वटा लक डाउनमा भएका पार्टीको बारेमा अनुसन्धान गरिरहेको छ र तीमध्ये ६ वटा पार्टी बोरिस जोनसनसँग सम्बन्धित रहेको अनुमान छ ।

जोनसनको राजीनामाको माग गर्दै आएका विपक्षीहरूले विरोधलाई तीब्र बनाएका छन् । लेबर पार्टीका उपनेता एन्जेला रेनरले प्रधानमन्त्रीले जोनसनले पार्टीहरूमा मात्रै नभई कार्यक्रममा पनि जोड दिएको बताए । रेनरले जोनसनलाई प्रधानमन्त्रीले देशका जनतालाई हरेक पाइलामा बहकाएको आरोप लगाए ।

बेलायतका जनता कोरोना संकटमा घरमा थुनिएको बेलामा जोनसनले कानून तोडेको रेनरको भनाइ छ । रेनरले यो कार्यले प्रधानमन्त्री कार्यालयको अपमान भएको भन्दै देशलाई राम्रो नेतृत्वको खाँचो रहेको बताए ।

लकडाउन उल्लङ्घन गरी पार्टी गरेको भन्दै बोरिस जोनसनविरुद्ध फाइल दर्ता गरिएको छ। स्रोतका अनुसार यो पार्टी जून २०२० मा उनको जन्मदिनमा भएको थियो। सो दिन उनकी श्रीमती क्यारीले क्याबिनेट हाउसमा केक ल्याएकी थिइन् । यस घटनामामा केरी र बेलायतका अर्थमन्त्री ऋषि सुनकलाई पनि जरिवाना गरिएको छ ।

प्रतिक्रिया