एकीकृत समाजवादीको घोषणापत्रमा उपचारदेखि २ सय युनिटसम्म निःशुल्क बिजुली (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, ६ बैशाख

काठमाडौं, ६ वैशाख । नेकपा एकीकृत समावादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न । त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।

यस्तै, २०५१ सालको तत्कालीन एमाले (मनमोहन अधिकारी नेतृत्वको) सरकारले गरेका काम र उक्त सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमबारे पनि चर्चा गरिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया