पार्टी गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा छैन: नेता खनाल
अखबार टुडे
प्रकाशित:
२०७९, ६ बैशाख

झापा, ६ वैशाख । एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचन सरोस् भन्ने नेकपा एमालेको भित्री चाहना भएको बताएका छन् ।

मंगलबार झापा धुलाबारीमा मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गरेका हुन् ।
उनले भने, , ‘निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो ।’

उनले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताउँदै उनले भने, ‘कुनै बहानामा हामीलाई अपमान गरिए त्यो सह्य हुनेछैन ।’ उनले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिए ।

उनले गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको उनले बताए ।

प्रतिक्रिया