बच्चाको निधनप्रति रोनाल्डो दम्पत्तीले भने, ‘यो अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा नराम्रो पीडा हो’
अखबार टुडे
प्रकाशित:
२०७९, ६ बैशाख

काठमाडौं, ६ चैत (एजेन्सी) । म्यान्चेस्टर यूनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको जानकारी दिएका छन् ।

जुम्ल्याहा बच्चाको आशा गरेका पोर्चुगलका फुटबल खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षकी रोड्रीगेजले आफ्नो दुई मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको जानकारी दिएका हुन् ।

बच्चाको निधन भएकोप्रति गहिरो दुःख व्यत्त गर्दै सामाजिक सञ्जालमा रोनाल्डो र रोड्रीगेजले लेखेका छन, ‘यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा नराम्रो पीडा हो ।’ उनीहरुले थप लेखेका छन्, ‘छोरी भने बाँच्न सफल भइन र उनको जन्मले हामीलाई यो क्षण केही आशा र खुशीका साथ बाँच्ने शक्ति दिन्एको छ ।’

उनीहरुले यो क्षतिका कारण अत्यन्त दुखी भएको बताएका छन् । रोनाल्डोले यसअघि प्रतिनिधित्व गरेका क्लबदेखि विभिन्न चर्चित व्यक्तित्वहरूले ट्विट मार्फत शोक व्यक्त गरेका छन् ।

उक्त जोडीले गत अक्टोबर महिनामा गर्भधारणबारे जानकारी सार्वजनिक गरेका थिए । रोनाल्डो अहिले ५ बच्चाका पिता छन् । रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरको जन्म सन् २०१० मा भएको थियो । त्यसपछि जुम्ल्याहा सन्तान इभा र मटिओको जन्म सन् २०१७ मा भयो । उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७मै भएको थियो ।

प्रतिक्रिया