बक्स अफिसमा ‘केजीएफ २’ ले कमायो ४ दिनमा ५ सय ५२ करोड
अखबार टुडे
प्रकाशित:
२०७९, ५ बैशाख

काठमाडौं, ५ वैशाख (एजेन्सी) । बिहीबारदेखि प्रदर्शन भइरहेको दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ ले बक्स अफिसमा आफ्नो दबदबा कायमै रखेको छ ।

सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ च्याप्टर २’ ले फिल्म रिलिज भएको दिनदेखि नै बक्स अफिसमा निकै राम्रो कमाइ गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रेड विश्लेषक मनोबाला विजयबलनले फिल्मले गरेको कमाइको पछिल्लो तथ्याङ्क सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् । मनोबालाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्मले ४ दिनमा कुल ५५२ करोड भारतिय रुपैयाँ कमाएको छ ।

फिल्मले पहिलो दिन १६५.३७ करोड, दोस्रो दिन १३९.२५ करोड, तेस्रो दिन ११५.०८ करोड र चौथो दिन १३२.१३ करोड कमाइ गरेको छ ।

फिल्मको हिन्दी भर्जनले ४ दिनमा करिब २ सय करोड भारु कमाइ गरेको छ । मनोबालाले फिल्म ग्लोबल बक्स अफिसमा दोस्रो स्थानमा रहेको जानकारी दिए । यसअघि ग्लोबल बक्स अफिसमा पर्न सफल एक मात्र भारतिय फिल्म ‘फन्टास्टिक बिस्ट्स’ हो ।

फिल्मलाई तमिल, लेलुगु, कन्नड, मलयालम र हिन्दी भाषामा प्रर्दशन गरिएको छ । प्रशान्त नील निर्देशित ‘केजीएफ च्याप्टर २’ मा यश, संजय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका छ ।

प्रतिक्रिया