निर्वाचनमा भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
अखबार टुडे
प्रकाशित:
२०७९, ५ बैशाख

काठमाडौं, ५ वैशाख । स्थानीय तह निर्वाचनमा भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक निष्कर्षविहीन सकिएको हो ।

बैठक आजै बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । केही मिडियामा महानगर र उपमहानगरमा भागबन्डाबारे आएका समाचार सही नभएको पनि उनले बताए ।

पाँच दलीय गठबन्धनले चुनावी तालमेलका लागि यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । गठबन्धनले स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । सोमबारको बैठकले मूलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी गरेको बताइएको छ । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

प्रतिक्रिया