सरकारी निकायमा आजबाट इन्धनमा २० प्रतिशत खर्च कटौती
अखबार टुडे
प्रकाशित:
२०७९, ५ बैशाख

काठमाडौं, ५ चैत । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्रालयले मन्त्रालय/निकाय, सरकारसँग सम्बद्ध संघसंस्थालाई सूचना जारी गरेर २० प्रतिशत इन्धन कटौती गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्नेछ ।’

यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने मन्त्रालयले जनाएको छ । सरकारले यो निर्णय असार मसान्तसम्म लागू गर्नेछ ।

प्रतिक्रिया