श्रीलङ्कामा औषधि र उपकरणको अभाव, तत्काल सहयोग नभए स्वास्थ्य क्षेत्र ध्वस्त हुने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, ५ बैशाख

काठमाडौं, ५ चैत (एजेन्सी) । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव चुलिएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने चेतावनी दिइएका छन् ।

मेडिकल विशेषज्ञ एशोसियशनका सचिव डा. ङनेशाकरमले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको मौज्दात शून्यमा आइपुगेपछि अवस्था भयावह हुने भन्दै तत्काल सहयोग आवश्यक भएको बताएका छन ।

अहिले नै दुखाई कम गर्ने औषधि, बेहोस बनाउने औषधिलगायतका अत्यावश्यक सामाग्रीको अभाव भईसकेको भन्दै उहाँले अर्को दुई साता भित्र मेडिकल सामाग्री र औषधि सहयोग नआउने हो भने बिरामीलाई अलपत्र छाड्नुको विकल्प नहुने बताएका छन ।

श्रीलंकाका अस्पतालहरुले नियमित अपरेशनका कामहरु रोकेको थुप्रै दिन भईसकेको छ । दुर्गम क्षेत्रमा त प्यारासिटामोल समेत उपलब्ध नभएको लामो समय भईसकेको बताइएको छ । श्रीलंकाले औषधि र स्वास्थ्य सामग्रीको ८५ प्रतिशत विदेशबाट आयात गर्ने गर्दछ । तर विदेशी मुद्राको अभावमा उसले आयात गर्ने अवस्था समेत छैन ।

प्रतिक्रिया