राप्रपाले मौका पाउनेबित्तिकै राजसंस्था र हिन्दू राष्ट्र घोषणा गर्नेछ: अध्यक्ष लिङ्देन
अखबार टुडे
प्रकाशित:
२०७९, ४ बैशाख

जनकपुर, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले चुनावमा राप्रपा आफ्नै बलबुतामा लड्ने बताएका हुन् ।

अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित्ने दाबी गर्दै उनले भने, ‘राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्नेछ ।’

उनले नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको भएको बताए ।

धनुषाको विरेन्द्रबजारमा पार्टी प्रवेश एवम् स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर गएका थिए ।

प्रतिक्रिया