स्याङ्जाको डाँडाखर्कमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु
प्रकाशित:
२०७९, ४ बैशाख

काठमाडौं, ४ बैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ ।
बिहान डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिए ।
उनका अनुसार घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी वालिङ पठाइएको छ । जीपमा ११ जना सवार रहेको जनाइएको छ । जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार