पाँच वर्ष गुपचुप प्रेमपछि सञ्जिवसँग इन्गेजमेन्ट : मेलिना भन्छिन्, ‘यसै वर्षभित्र विवाह’
अखबार टुडे
प्रकाशित:
२०७९, ३ बैशाख

काठमाडौं, ३ बैशाख । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सार्वजनिक गरेपछि चर्चासँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।

गायिका मेलिनाले शुक्रबार चर्चित गितारिष्ट तथा म्युजिक एरेञ्जर सञ्जिव बराइलीसँग ‘इन्गेजमेन्ट’ गरेको तस्बिर शोसस मिडिया फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।

चर्चित गायिका र एक कुसल म्युजिसियनबीच भएको ‘इन्गेजमेन्ट’लाई लिएर मिडियाले समाचार त बनाउन नै भए, त्यसबाहेक उनीहरुको अन्तरजातीय विवाहलाई लिएर सामाजिक सञ्जालमा सकरात्मक र नकरात्मक दुवै खाले बहस भइरहेको छ ।

नेपाली समाजले अझैसम्म अन्तरजातीय विवाहलाई सकरात्मक रुपमा लिन नसकिरहेको अवस्थामा गायिका मेलिना र सञ्जिवबीचको इन्गेजमेन्टलाई लिएर बहस गर्नु सामान्य हो ।

तर, मेलिना र सञ्जिवको इन्गेजमेन्टलाई समाजले सकरात्मक रुपमा लिनुपर्छ किनकि लैगिक एवं जातीयताको विषयमा सामाजिक र राजनीतिक दुवै तवरबाट बहस भइरहेका बेला अन्तरजातीय प्रेम विवाह गरेर प्रेम गर्नेहरुका लागिसमेत उनीहरु उदाहरणीय बनेका छन् । सबैभन्दा ठूलो कुरा विश्वास र प्रेम हो । समाजले जेसुकै भनेपनि मेलिना र सञ्जिवले साँचो प्रेमको उदाहरण पेस गरेका छन् ।

इन्गेजमेन्ट

गायिका मेलिना र सञ्जिवले करिब दुई वर्ष अगाडि नै ‘इन्गेजमेन्ट’ गरेका हुन् । उनीहरुबीच मन र मुट साटिएपछि सँगै जीवन जिउने कसम खाएर ‘इन्गेजमेन्ट’ गर्ने निर्णय गरेका थिए । मेलिनाले इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनिरहेको छ । तर, मेलिना र सञ्जिव खुसी छन् । उनीहरुले समाजमा बहसको विषय उठाए । तर, जीवन जिउनेहरु उनीहरु नै हुन् । जीवनमा खुसी भन्दा ठूलो अरु हुन्न ।

मेलिनाले भनिन्, ‘हामीले पहिलो लकडाउनकै बेला इञ्जेगमेन्ट गरेका हौंँ । यसै वर्षभित्र विवाह गर्दैछौँ ।’ दुवैतिरका परिवारको सल्लाहमा आफूहरुले इञ्जेगमेन्ट गर्ने निर्णय गरेको मेलिनाले सुनाइन् । ‘अब विवाह पनि परिवारकै सल्लाहमा मिति तोकेर गर्नेछौँ ।’ उनीहरुले पाँच वर्ष प्रेम गरेपछि इन्गेजमेन्ट गरेका हुन् । मेलिनाले भनिन्, ‘हामीले पाँच वर्ष पे्रम गरेर विवाह गर्ने निर्णय गरेका हौँ ।’

गुपचुप प्रेम
मेलिना र सञ्जिव पहिलोपटक करिब ११ वर्षअघि एक स्टुडियोमा भेटेका थिए । त्यो बेला मेलिना अहिलेजस्तो चर्चामा थिइनन् । तर, कार्यक्रमहरुमा विस्तारै व्यस्त हुँदै थिइन् ।

कार्यक्रमकै सिलसिलामा रिहल्सल गर्दा एक स्टुडियोमा सञ्जिवसँग पहिलो भेट भएको मेलिनाले स्मरण गरिन् । उनले भनिन्, ‘उहाँ गितारिष्ट भएकाले रिहल्सल गर्नेक्रममा हाम्रो भेट भएको हो । । त्यसपछि एकपटक ६ वर्षपछि मात्र हाम्रो भेट भएको थियो ।’

यस हिसाबले मेलिना र सञ्जिवबीच चिनजान भएको १७ वर्ष भयो । यो १७ वर्षमा विस्तारै पलाउँदै गएको मायाको टुसो अहिले फक्रिएको छ । र, उनीहरु सँगै बाँच्ने मर्ने कसम खाएर समाजमा सार्वजनिक भएका छन् ।

तर, ६ वर्षसम्म लभ अफेयर्समा रहँदासमेत उनीहरुको चर्चा भएन । न त उनीहरु स्क्याण्डलमै आए अर्थात उनीहरुले ५ वर्ष सेक्रेट प्रेम गरे । त्यसपछि इञ्गेजमेन्ट गर्दै सार्वजनिक भए । त्यसरी सार्वजनिक हुँदा उनीहरुका फ्यान र प्रशंसकसमेत चकित भएको हुनसक्छ ।

विवाह र प्रेम प्रकृतिको नियम हो । मेलिना र सञ्जिवले विवाह गर्ने निर्णय गरेर प्रकृतिको नियमलाई पालना गर्दै समाजका लागि एक उदाहरणीय जोडी बन्न सहोस्, शुभकामना ।

प्रतिक्रिया