स्थानीय निर्वाचनमा राप्रपाले जितेका ठाउँमा निशुल्क शिक्षा दिने अध्यक्ष लिङ्देनको भनाइ
अखबार टुडे
प्रकाशित:
२०७९, २ बैशाख

काठमाडौं, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने बताएका छन् ।

पत्रकारसँग कुराकानीका क्रममा उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’

अध्यक्ष लिङ्देनले निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारे । उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।’

शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, ‘कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।’

फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए । उनले भने, ‘राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।’ देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनको तर्क थियो ।

प्रतिक्रिया