आजदेखि बागमती प्रदेशमा लागू भएको सार्वजनिक गाडी र ट्याक्सीको नयाँ भाडादर यस्तो छ !
अखबार टुडे
प्रकाशित:
२०७९, १ बैशाख

काठमाडौं, १ चैत । आजदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ ।

बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार समायोजन भएको उक्त भाडादर आजदेखि लागू गरिएको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

प्रतिक्रिया