१९ दिनका लागि केसी आईजीपीमा नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ३० चैत्र

काठमाडौं, ३० चैत । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले केसीलाई महानिरीक्षक नियुक्त गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको हो ।

केसी अब १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् । तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन् ।

प्रतिक्रिया