युक्रेनले रुससँग वार्ता गर्ने तर शर्तहरु कुनै हालतमा परिवर्तन नहुने अडान !
अखबार टुडे
प्रकाशित:
२०७८, ३० चैत्र

काठमडौं, ३० चैत (एजेन्सी) । युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका छन् ।

रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका ह्न् ।

रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।’

अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताए ।
उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताए ।

प्रतिक्रिया