नेपाल आउन लागेका सलमान खानका लागि १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन माग
अखबार टुडे
प्रकाशित:
२०७८, २८ चैत्र

काठमाडौं, २८ चैत । नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।

सलमानको सुरक्षामा कुनै कमजोरी हुन नदिन र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए ।

उनले यसबाहेक आफ्नोतर्फबाट गर्ने सुरक्षा प्रवन्ध गर्न निजी सेक्युरिटी कम्पनीबाट सेक्युरिटी हायर गर्ने जानकारी दिए । सेक्युरिटीबाट ल्याइएका ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिने गुरुडले बताए ।

कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ । सलमान खानको सुरक्षाका लागि सातजना पर्सनल बडिगार्ड प्रदान गर्नेछ आयोजकले जनाएको छ । सलमानका पर्सनल बडिगार्ड भने उतैबाट आउने छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि सलमान नेपाल आउने लागेका हुन् ।

प्रतिक्रिया