फोन फुटाएपछि रोनाल्डोले भने, ‘आक्रोशको लागि माफी चाहन्छु’(भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र

काठमाडौं, २७ चैत । म्यानचेस्टर युनाइटेडका फरवार्ड ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले एक प्रशंसकको फोन तोडेको विषयमा माफी मागेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमार्फत समर्थकसँग माफी मागदै लेखेका छन्, ‘म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र सम्भव भएमा, म यो समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु ।’

उनले कठिन सामना गरिरहेको क्षणमा भावनाहरूसँग व्यवहार गर्न यो कहिल्यै सजिलो नहुने बताए । उनले थप लेखेका छन्– ‘जे होस्, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि लागि प्रेरणा बन्नुपर्छ ।’

शनिबार साँझ म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १-० ले स्तब्ध बनेको थिए । एभर्टनसँग हारपछि मैदानबाट निस्कने क्रममा रोनाल्डोले आक्रोशित हुँदै समर्थकको फोन फुटाइदिएका थियो । उक्त भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको थियो ।

एभर्टनसँगको पराजयपछि च्याम्पियन्स लिगका लागि छनोट हुन युनाइटेडलाई कठिन भएको छ । हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अंक जोडेर सातौं स्थानमा रहेको छ । एभर्टन ३० खेलबाट २८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया