‘गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनायो’ (एमालेको अर्थतन्त्रबारे धारणाको पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र

काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे १२ बुँदे संयुक्त धारणा सार्वजनिक गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरेर पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको खस्किन नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा करिब रु १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा रु २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरेका छन् ।

हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने अनुमान पनि उनीहरुले गरेका छन् । उनीहरुले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध पनि गरेका छन् ।

पूर्णपाठ

प्रतिक्रिया