काठमाडौं, २७ चैत । पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्र सुधार्नमा केन्द्रित हुनुभन्दा पनि आर्थिक सूचांकलाई नकारात्मक दिशामा लान उद्दत रहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको आर्थिक स्थिति सुधारका निम्ति सार्थक हस्तक्षेप नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
उनले भने, ’अर्थतन्त्रमा सुधार गर्न सकेनौँ भने श्रीलंका हुनबाट कसैले जोगाउन सक्दैन । मन्त्री वा प्रधानमन्त्रीले दाबी गर्दैमा बच्नेवाला छैन ।’
आफ्नो कार्यकालको सरकारको पालामा विदेशी मुद्रा सञ्चिति ११ खर्ब डलरको रहेको र ११ महिना धान्न सक्ने स्थितिमा छोडेको उनले बताए । त्यसबेला मुद्रास्फिति ४ प्रतिशत तल रहेकोमा अहिले मुद्रा सञ्चिति निकै कम हुनुले पनि मुलुक संकटको स्थितिमा अघि बढेको उनले बताए ।