एनआईशीका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र

काठमाडौं, २७ चैत । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित भएका छन् ।

आफ्नो साधारणसभाका अवसरमा शनिबार म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले न्यौपानेलाई उक्त सम्मानबाट सम्मानित गरेको हो ।

‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित भएपछि न्यौपानेले असाध्यै हर्षित महसुस भएको बताउँदै यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताए ।
उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु।’

प्रतिक्रिया