राष्ट्र बैंककै उच्च अधिकारीले मिडियामा गोप्य सूचना चुहाउने गरेको अर्थमन्त्रीको आरोप
अखबार टुडे
प्रकाशित:
२०७८, २५ चैत्र

काठमाडौं, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन ती सदस्यले बार्गेनिङ गरेको सूचना पाएको दाबी गरेका हुन् ।

‘मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्न दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन ?’, अर्थमन्त्री शर्माले भने, ‘कतिपय सूचनाहरु हुन्छन्, रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले । अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ ।’

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए । मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पु¥याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे ।

प्रतिक्रिया