भारतले नेपालको थप ३ सय २५ मेगावाट विजुली किन्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र

काठमाडौं, २३ चैत । भारतले नेपालको थप ३ सय २५ मेगावाट बिजुली किन्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी गरएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई ‘डे अहेड’ मार्केटमा प्रवेशको अनुमति दिएको हो ।

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको छ ।

यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।

प्रतिक्रिया