मन्त्री दीपक मनाङेद्वारा अधिकृत ओझामाथि हातपात
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र

कास्की, २३ चैत । गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् ।

मनाङेले मङ्गलवार अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेको बताइएको छ ।

घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन भने कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोलेका छैनन् । ओझा अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए । तत्कालीन समयमा उनलाई प्रहरीले पक्राउ गरेर धरौटीमा रिहा गरेका थिए ।

प्रतिक्रिया