रणवीर र आलिया विवाह बन्धनमा बाँधिने पक्का
अखबार टुडे
प्रकाशित:
२०७८, २२ चैत्र

काठमाडौं, २३ चैत (एजेन्सी) । पछिल्लो केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिने पक्का भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको विवाह समारोह यही १३ अप्रिलबाट सुरु भएर १७ अप्रिलसम्म हुने छ । कपुर र भट्ट परिवारका निकट स्रोतकाअनुसार यो मितिमा आफन्तहरूलाई समय मिलाउन उनीहरूले भनिसकेका छन् । उनीहरूको बिवाहमा ४÷५ सय मानिसहरूलाई मात्र निमन्त्रणा गरिने जनाइएको छ ।

विवाह समारोहमा अभिनेत्री आलियाले सेलिब्रेटी डिजाइनर मनिष मल्होत्रा र सब्यासाचीको डिजाइनर पहिरन लगाउनेछिन् । बलिउड इन्डस्ट्रीका लागि भने अप्रिलको अन्तिमतिर मात्रै पार्टि राख्ने बताइएको छ ।

रणवीर र आलियाको विवाह समारोह ऋषी कपुर र नितु कपुरको जस्तै चेम्बरको आरके हाउसमा हुँदैछ । आफ्नो आमाबुबाको जस्तै विवाह समारोह गर्ने रणवीरको इच्छा स्वरूप उनीहरूको विवाह आरके हाउसमा हुने तय भएको हो ।

सन् २०१८ मा भएको अभिनेत्री सोनाम कपुर र आनन्द आहुजाको विवाह समारोहमा रणवीर र आलियाले आधिकारिक रूपमा आफ्नो प्रेमसम्बधबारे खुलासा गरेका थिए । धेरै समय अघिदेखि यो जोडीको बिवाह हुने कुरा चर्चामा आएको थियो तर रणीबर र आलियाले लामो समय देखिको प्रेम सम्बन्धलाई अब बिवाहमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया