विदेशी मुद्राको सञ्चिती घटे्को भन्दै राष्ट्र बैंकद्वारा विलासी सामाग्रीको प्रतित पत्र रोक्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २२ चैत्र

काठमाडौं, २२ चैत । अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ ।
विदेशी मुद्राको सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न थालेपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो ।

अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको छ । अहिले गाडीको अत्याधिक माग रहेको छ ।

छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले गएको साउनयता मात्रै ७० अर्ब रुपैयाँ भन्दा बढीको गाडी तथा पाट पुर्जा आयात भएको भन्दै अब अर्को व्यवस्था नभएसम्मका लागि गाडीको आयात रोक्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अत्याश्यक बाहेक गाडी लगायतका बस्तुको आयातमुखी कर्जा कम गर्न पनि बैंकहरुलाई आग्रह गरेको जानकारी दिए ।

गएको साउनदेखि माघसम्म सात महिनाको अवधिमै अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा पुगेकोले यसबेला आयातलाई कडाइ गर्नुपर्ने बाध्यता रहेको छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

हिजो आकस्मिक रुपमा बोलाइएको छलफलमा राष्ट्र बैंकको अनुसन्धान, नियमन, सुपरीवेक्षण । विनिमय व्यवस्थापन विभागका प्रमुखहरुले वाणिज्य बैंकका सीईओहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया