प्रदेश १ खेलकुद विकास बोर्डको पदाधिकारी नियुक्त
प्रकाशित:
२०७८, २२ चैत्र
विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गरेको हो ।
सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले बोर्डको उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रूपमा तोक्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार