यस कारण क्यारी हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने !
अखबार टुडे
प्रकाशित:
२०७८, २१ चैत्र

हङकङ, २१ चैत (एजेन्सी) । हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।

विवादै विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उनले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गरेकी हुन् ।
उनी हङकङकी प्रमुख कार्यकारी पदमा निर्वाचित भएपछि आफ्नो कार्यकालभरी हङकङमा विपक्षी समूहहरूले उनीमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन भएको थियो ।

६४ वर्षीय लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएकी थिइन् । आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उनले बताएकी हुन् ।

हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ । १५ सयजना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ । उनीहरुले आउँदो महिना (मे)मा नयाँ नेता चयन गर्नेछन् ।

प्रतिक्रिया