चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, २१ चैत्र

चितवन, २१ चैत । सत्ता गठबन्धनका पाँच राजनीतिक दलले चितवनका स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरेको छ ।

सोमबार बिहान जिल्लास्थित गठबन्धन दलहरुको सम्यन्त्रको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘चितवन जिल्लास्थित सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी अगाडि जाने निर्णय गरियो,’ ।

जिल्लास्थित सातवटै पालिकामा गठबन्धन दलहरुबीच बैठक बसी चुनावी तालमेलका बारेमा संयुक्त सम्यन्त्र निर्माण गर्ने र उक्त संयुक्त सम्यन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय बैठकमा नेपाली कांग्रेसका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरी सहभागी थिए ।

प्रतिक्रिया