पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७८, २० चैत्र

काठमाडौं, २० चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

प्रधानमन्त्री इमरनाविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई आइतबार मतदान हुनुअघि उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

पाकिस्तानका सञ्चारमाध्यमका अुनुसार अविश्वासको प्रस्तावलाई संसदले खारेज गरेलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए ।

प्रतिक्रिया