![](https://akhabartoday.com/wp-content/uploads/2022/04/russ-ukraine-conflit.jpeg)
काठमाडौं, २० चैत । युक्रेनले राजधानी किभ र वरपरको सबै क्षेत्र पुनः आफ्नो फौजको नियन्त्रणमा आएको दाबी गरेका छन् ।
केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा आएको युक्रेनी अधिकारीहरूले दाबी गरेका हुन् ।
‘पूरै किएभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको छ,’ युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिवार भनिन् । रुसी सेना किभसहित युक्रेनको प्रमुख सहर इर्पिन, बुचा, होस्टोमेलबाट फिर्ता हुन थालेको छन् । रुसी सैनिकहरुले किभनजिकै रहेको होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो ।
पछिल्लो समय टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतीका आधारहरु तयार हुन थालेकाले कारवाही घटाएर सेना फिर्ता गर्न थालेको रुसले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको ध्यान युक्रेनको पूर्वी र दक्षिणि भेगमा परेको टिप्पणी गरेका छन् । शनिवार गरेको एउटा सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘रुसी सैनिकहरूको लक्ष्य के हो? उनीहरू डोन्बास र युक्रेनको दक्षिणी कब्जा गर्न चाहन्छन्,’ । जेलेन्स्कीका अनुसार युक्रेनले आफ्नो ध्यान पूर्वतिर दिन थालेको बीबीसीले उल्लेख गरेको छ ।
सैन्य गुप्तचर संयन्त्रले उपलब्ध गराएको सूचनाका आधारमा यूकेले रुसी वायुसेना युक्रेनको दक्षिणपूर्वमा सक्रिय भएको देखिएको बताएको छ । त्यसको अर्थ रुसको रणनीति फेरिएको बुझाइ छ ।